फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ र ग्यासमा २५ रुपैयाँ बढ्यो
- असार २२, २०७८
- 0

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ पुर्याएको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार […]
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने दाबी

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण […]
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति […]
‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो […]
हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता […]