डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार
- असार २२, २०७८
- 0
डिशहोमले आफ्नो फाइबरनेट सेवा देशका प्रमुख शहरहरुमा विस्तार गरेको छ ।
देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०बाट डिशहोमले यो सेवा सुरु गरेको हो ।
प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न आफ्नो फाइबरनेट सेवा प्रतिबद्ध रहेको डिसहोमले जनाएको छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमविपिएस देखि १०० एमविपिएस सम्म उपलब्ध छन् ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।