आन्तरिक हवाइ उडान असार १७ देखि खुल्ने
- असार १४, २०७८
- 0

सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोल्ने भएको छ।
कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो। अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ।
विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।
नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ।
यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीनरतीन उडान स्वीकृति दिइएको छ।
साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ।
विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।