ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय क्याम्पसबीचको सहकार्यमा वृक्षारोपण
- असार १३, २०७८
- 0

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय बीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण भएको छ ।
वृक्षारोपण कार्यक्रम त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।
विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुने देखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
0 प्रतिक्रिया
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा […]
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार […]
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने दाबी

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण […]
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति […]
‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो […]