एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता
- जेष्ठ १९, २०७८
- 0
एभरेष्ट बैंक लिमिटेड र बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा श्पुन रेमिटबीच बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गरे ।
श्पुन रेमिट अनलाइन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम.ए. फास्टमोव अन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेशनको दुबै एन्ड्रोइड र आई।ओ।एस।मा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्ने बैंकले जनाएको छ । श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स,नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिट मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्ये कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिने पनि बैंकले जनाएको छ ।