आइएमई ग्रुपद्धारा स्वास्थ्य मन्त्रालयलाई ८० थान ‘अक्सिजन कन्सनट्रेटर’ हस्तान्तरण
- जेष्ठ १८, २०७८
- 0
आईएमई ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ उपचार सहजताका लागि २० थान अक्सिजन कन्सनट्रेटर नेपाल सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको छ ।
आईएमई ग्रुप अन्तर्गतको आइएमई फाउन्डेशनमार्फत सहयोग गरिएको उक्त स्वास्थ्य सामाग्री ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन ।
उक्त अक्सिजन कन्सनट्रेटर गण्डकी प्रादेशिक अस्पताल पोखरालाई २० थान, लुम्विनी प्रादेशिक अस्पताल बुटवललाई २० थान, सेती प्रादेशिक अस्पताल धनगढीलाई २० थान र निजामती कर्मचारी अस्पताल काठमाडौलाई २० थान उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले यस महामारीमा आइएमई ग्रुपले पु¥याएको सहयोगका लागि मन्त्रालयकातर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो साथ सहयोगको अपेक्षा गरेको बताएका छन ।
नीजि क्षेत्रको अग्रणी व्यापारिक समूह आइएमई ग्रुपले देशमा भैपरि आउने विपत्तिमा सहायता गर्नुका अलवा आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ ।