हिमालय सीमापार बाणिज्य संघद्धारा विर अस्पताललाई निःशुल्क खानेपानी सहयोग

news-details

कोभिड–१९ र जारी निशेधाज्ञाका कारण खानेपानीको समस्या भोग्दै आएका विर अस्पतालका डाक्टर, कर्मचारी, विरामी तथा उनीहरुका आफन्तको प्रयोजनका लागि नेपाल हिमालय सीमापार बाणिज्य संघले निःशुल्क खानेपानी उपलब्ध गराएको छ ।

संघका अध्यक्ष अशोक कुमार श्रेष्ठसहितका पदाधिकारीहरुले विर अस्पताल पुगेर अस्पताल प्रशासनलाई निःशुल्क मिनिरल वाटर सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

संघले पहिलो चरणमा १ ट्रक पानी सहयोग उपलब्ध गराएको र आगामी दिनमा यी दुई अस्पतालसँगै अन्य सरकारी अस्पतालहरुमा पनि यसरी नै आवश्यक सहयोग जारी राख्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘विशेषगरी निम्नवर्गका नागरिकहरु उपचारका लागि आउने विर अस्पतालमा खानेपानीको समस्या भएको थाहा पाएपछि सानै भएपनि सहयोगको हात बढाएका हौ, आगामी दिनमा यस्तो समस्या रहेका अन्य सरकारी अस्पतालमा पनि यसरी नै सहयोग उपलब्ध गराउने छौ’ अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विसं २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने श्रेष्ठले बताउनुभयो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *