नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट सीधै बिजुली किन्न पाउने

news-details

नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।

भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज मार्केटको सदस्यता प्रदान गरिएको र अब त्यहाँबाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको छ ।
प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गर्न सकिने भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।

“दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महìव छ,” शाक्यले भन्नुभयो । “ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ । ”

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

-गोरखापत्र दैनिक

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *