प्रधानमन्त्री ओलीद्वारा बुटवलमा ‘लुम्बिनी केबलकार’को शिलान्यास

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको दिउँसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको केबलकार ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ छ ।

बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताए ।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतिक्षापछि आयोजनाले गति लिएकोमा खुशी व्यक्त गर्दै आयोजना समयमै पुरा गर्ने बताए ।

सो अबसरका अर्थमन्त्री बिष्णु पौडेल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले पनि बोल्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *