तातोपानी नाका आजबाट पुनः सुचारु

news-details

नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसुचारु भएको छ ।

भोटेकोशी बाढीले क्षति पु(याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताका लागि सो नाका बन्द गरेको थियो ।

नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र शुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलविद्युत आयोजनाका मेसिनरी सामान रहेको बताइएको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *