सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु
- माघ १९, २०७७
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ ।
ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज कम्पनी एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबारका लागि सहकार्य भएर सेवा सुरु भएको हो ।
यो सहकार्यसँगै ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसकोतर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीकोतर्फबाट प्रबन्ध निर्देशक Mr. Hormuzda B Davar ले हस्ताक्षर गरेका हुन ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।