राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैकिङ्गबाट भुक्तानी गर्न सकिने

news-details

राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सक्ने भएका छन । मोबाइल बैंकिङ्गमार्फत कर तथा राजस्व भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंककोतर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसकोतर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीकातर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पे का तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पे कातर्फबाट प्रबन्ध संचालक कुसुम लामा र नेपाल पे कातर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता पश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्र्तगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुख रिको स्थापित लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *