विज्ञापन संघको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे विजयी , १४ सदस्यीय कार्यसमिति चयन
- पुस २६, २०७७
- 0
नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
हिजो सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ । साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।
महासंघको महासचिवमा फ्युचर हव मिडिया मल्टिप्रपोजका संचालक कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे यस अघि सचिव रहेका थिए ।
निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गर्नुभयो । महासंघको द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी हुनुभएको छ ।
0 प्रतिक्रिया
राष्ट्र संघको महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध […]
‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’
कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन […]
कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट […]
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका […]
थुनछेक बहसका लागि रवि लामिछानेलाई जिल्ला अदालत लगियो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति […]