नौ महिनादेखि ठप्प रहेको काठमाडौं-दिल्ली उडान आजबाट शुरु, दुवै देशले दैनिक दुई वटा उडान भर्ने
- पुस २, २०७७
- 0
नौ महिनादेखि ठप्प रहेको काठमाडौं नयाँ दिल्ली उडान आजबाट शुरु भएको छ । नेपाल वायु सेवा निगमको एयरबस ए थ्रि ट्वान्टी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान एघार बजे दिल्लीका लागि प्रस्थान गरेको हो ।
आठ जना बिजनेस क्लास र एक सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर विमान दिल्ली गएको हो । काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ ।
महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो । भारतले भने डिसेम्बर चौबिस तारिखबाट काठमाडौं उडान भर्ने बताइएको छ ।
कोरोना भाइरस संक्रमणपछि जारी उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति दिएको थियो । कोरोना संक्रमणका कारण चैत ११ गतेबाट नेपाल–भारत उडान बन्द भएको थियो ।
0 प्रतिक्रिया
थुनछेक बहसका लागि रवि लामिछानेलाई जिल्ला अदालत लगियो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति […]
साँखुस्थित शालिनदीमा स्वस्थानी व्रतकाे लागि माघ स्नान गर्ने भक्तजनहरूकाे घुँइचाे (तस्बिरहरू)
पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ […]
सोमबार एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै
सोमबार पाचँ वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा […]
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको […]
जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरु
स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुँदैछ […]