हिमालय मोटोराडले नेपाली बजारमा ल्यायो भारतमा निर्मित ‘ईलेक्ट्रिक अटो’

news-details

नेपालको प्रतिष्ठित ब्यबसायीक संस्था हिमालय अर्गनाइजेशन अन्र्तगतको हिमालय मोटोराड कम्पनीले केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित निम–जी ईलेक्ट्रिक अटो नेपालको बजारमा ल्याएको छ ।

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोल बाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनी समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात ब्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् ।

यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्घारा उत्पादित ईलेक्ट्रिक अटो निम–जी को नेपाल अधिराज्यभर आजदेखि बिक्री बितरणको शुभारम्भ गरेको छ ।

यस ईलेक्ट्रिक अटो रिक्साको संचालन खर्च ७५पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापा जानकारी दिए ।

सोही कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधि फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटो रिक्साको ब्याट्रीमा ८ बर्षसम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको पनि बताए ।

कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि. प्रति घन्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको कुराको जानकारी दिए ।

एक पटकको फूल चार्जबाट १३० कि.मि. गुड्ने उक्त अटोको मूल्य ८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *