उद्योग वाणिज्य महासंघ निर्वाचन : ढकाल समूहको दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
- मंसिर ४, २०७७
- 0

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ट उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
आज बिहीबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि राउत र अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको ५४औं वार्षिक साधारण यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ । सोही साधारणसभामा निर्वाचनको कार्यक्रम समेत छ ।
महासंघको भावी नेतृत्वका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा अगाडि बढाइसकेका छन् ।