विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रेव शाक्य नियुक्त
- कार्तिक २४, २०७७
- 0

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिइएको छ ।
ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनले सोमबार नै पदबहाली गरेका छन् ।
कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए । ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।
शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।
0 प्रतिक्रिया
महिला टी-२० विश्वकप एसिया छनोट : युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ। सोमबार […]
मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र […]
२५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् […]
‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु […]
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]