माग सम्बोधन नगरी माथिल्लो अरुण आयोजना अगाडि बढाईएको भन्दै स्थानीयको अबरोध
- कार्तिक १६, २०७७
- 0
संखुवासभामा निर्माणाधिन माथिल्लो अरुण जलबिद्युत आयोजनाले मापदण्ड बिपरीत एकलौटी काम गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । उनीहरुले स्थानीय प्रभावित क्षेत्रका बासिन्दासंग समन्वय नगरी आयोजना अगाडि बढाईएको भन्दै त्यसको बिरोध गरेका हुन् ।
आयोजना निर्माणस्थल र प्रभावित क्षेत्र भोटखोला–२ च्याम्ताङ, रुकुमा, सिब्रुङ, नमासे, थाङ्मुछिलगायतका स्थानीबासीन्दाले जलबिधुत आयोजना सुरु गर्नु अगावै स्थानीयवासीको माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् । आयोजना निर्माणमा सहयोग गर्ने उद्धेश्यले स्थानीय बासिन्दाले ईखुवा खोला, गोला खोला रुकुमा, छुम्सुरमा अरुण सरोकार समति गठन गरेका छन् । आयोजनाबाट त्यस क्षेत्रका झण्डै सात सय जनसंख्या प्रभावित हुनेछन् ।
अरुण सरोकार समितिका स्थानीय संयोजक डटुक शेर्पा भोटेले आयोजना निरीक्षण गर्न गएको टोलीसँग स्थानीयको माग बारे अबगत गरेको जानकारी दिए । उनले आफ्ना मागहरु सम्बोधन नभएसम्म आयोजना अगाडि बढ्न नदिने पनि बताए ।
अरुण सरोकार समितिका केन्द्रीय अध्यक्ष गोबापासाङ भोटेले आफूले आयोजना निर्माणको लागि सहयोग गरीरहेकोमा पछिल्लो समयमा सरोकार समितिलाई बेवास्ता गरेर काम अगाडि बढाइएकोप्रति भने आफुहरुको असन्तुष्टि रहेको बताए ।
उनले आयोजनाकै लागि स्थानीय रुकुमासहित चार ठाउँमा आफ्नै खर्चले हेलिप्याड बनाएको बताउदै बिश्व बैंक र प्रधिकारणको टोली हेलीकप्टरबाट आयोजनास्थल जाँदा आफूहरु भने हिडेर गएको स्मरण गरे । प्राधिकरणका तत्कालिन डाईरेक्टर विश्वध्वज जीसीलगायतको टोलीले आयोजनाको अध्ययन र अनुगमन गरेको थियो ।
केन्द्रीय अध्यक्ष भोटेले स्थानीय जनतालाई उठीबास गर्ने गरी काम अगाडि बढाईएकाले त्यसको बिरोध गर्नु परको बताए । भोटेले स्थानीयलाई हैसियत अनुसारको रोजगारी, तालिम, निःशुल्क बिजुली, औषधि उपचार, शिक्षाको ग्यारेन्टी तथा आयोजना निर्माणबाट बातावरणमा पर्ने प्रभाव र स्थानीय स्तरमा हुने बिकृति रोक्न माग राखिएको बताए ।
आयोजनाको निर्माण सुरु भएपछि पटक–पटक उनीहरुले मापदण्ड अनुसार काम गर्नुपर्ने भन्दै आयोजनाको काम बन्द गरेका थिए । आयोजनास्थलमा सर्वसाधरणको सहमति बिनै जथाभावि सडक र सुरुङ खन्दा ठूला–ठूला पहिरो गएको र पानीको मूहान सुक्न थालेको भन्दै मापदण्ड बिपरित हुने काम रोक्न स्थानीयवासीहरुले माग गरेका छन् ।
माथिल्लो अरुण सरोकार समितिका स्थानीय संयोजक डटुक शेर्पा भोटेले सुरुङ खनेपछि भएको बिनासको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे । जथाभावि सुरुङ खनीएको र सुरुङबाट निकालिएको माटोले गाउँनै पहिरोको जोखिममा रहेकाले तत्काल काम रोक्नु पर्ने उनको भनाई छ । आयोजनाको प्रभाव खाद्यान्नमासमेत पर्ने भएकाले दुर्गम ठाउँका जनताका लागि खाद्यान्नको ब्यवस्था गर्न पनि भोटेको आग्रह छ ।
आयोजनाले पटक पटक जनतालाई ढाँट्ने गरेको भन्दै अब पनि स्थानीय जनतालाई झुक्याउने काम गरे आयोजना अगाडि बढ्न नदिने भोटेले प्रष्ट पारे । यता आयोजनाको अन्तिम अध्ययनको लागि भोटखोला पुगेको टोलीलाई स्थानीय बासिन्दाले आफ्ना माग पुरा नगरेसम्म काम अगाडि बढ्न नदिने अडान राखेका छन् ।
उर्जा मन्त्रालय अन्र्तगतको बिद्युत बिकास बिभागले नेपाल सरकारको मातहतमा रहने गरी माथिल्लो अरुण जलबिद्युत आयोजनाको लाईसेन्स प्राधिकरणलाई दिएको हो । प्राधिकरणले यस आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्ने र सस्तो आयोजना भन्दै आएको छ । ३ सय ३५ मेघावाटको उक्त आयोजनाको लागत ५ सय ३४ मिलियन डलर पर्छ भने प्रति युनिट २.७४ रुपैया मात्र पर्ने बताइएको छ । यस आयोजनालाई बढाएर ७ सय मेघावाट पु¥याउने लक्ष्य राखिएको छ ।
दसैं पछि आयोजना अगाडि बढाउन आयोजनाको टोलि निर्माण स्थल गएपनि स्थानीय बासिन्दाले पहिरो नियन्त्रण आफ्ना मागहरुको सम्बोधन नगरेसम्म आयोजना अगाडि बढ्न नदिने अडान राखेक ाछन् । संखुवासभामै निर्माणाधिन अरुण तेस्रो आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका गोवा पासाङ भोटे र डाक्टर इन्द्रमणी राईले आयोजनाले वातावरणीय प्रभावको अध्ययन नगरी काम अगाडि बढाउँदा समस्या आएको बताए । उनीहरुले स्थानीयको मागलाई सम्बोधन गरेर आयोजना अगाडि बढाउन सुझाव दिएका छन ।