कामना सेवा र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता
- साउन ३२, २०७७
- 0

कामना सेवा विकास बैंक लि र सिद्धार्थ बैंक लि बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापछि ग्राहकले अझै सहज रुपले विप्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विश्वास लिएका छन् ।
कामना सेवाकातर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरूमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
0 प्रतिक्रिया
स्कटल्याण्ड विरुद्ध लो स्कोरिङ थ्रिलरमा नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य […]
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, […]
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर […]
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]