सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआइसी एशिया लघुवित्तका शाखाबाट पनि पाइने

news-details

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआइसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ ।

एनआइसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरुमार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआइसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *