कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा २ करोड ६७ लाख सहयोग
- साउन २९, २०७७
- 0
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
उक्त अवसरमा अर्थमन्त्री डा खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।
यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी रु ७६ लाख २४ हजार ६ सय २० सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार पाँच सय ४९ रुपैया सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोनाभाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसँगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बंैङ्किङ सेवा प्रदान गर्दै आईरहेको छ ।