सिटी एक्सप्रेस र इन्ज्याज साउदीले गर्यो बिजेताहरुको नाम घोषणा
- साउन २७, २०७७
- 0

सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीको इन्ज्याज बैंक एएल बिल्याडसँगको सहकार्यमा संचालन गरेको “हरेक कारोबारमा आकर्षक उपहार” योजनाको बिजेता घोषणा गरेको छ ।
जन्वरी ३० देखी अप्रिल ३० सम्म ३ महिना चलेको योजना अवधि भर ४५ जना बिजेताहरुले सिटी म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जितेका छन ।
सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । टिकटको सट्टामा नगद लिन चाहने विजेताहरुलाई २ हजार साउदी रियाल प्रदान गरिने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।
सिटी एक्सप्रेसले १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।