ठूला होटल ६ महिना बन्द गर्ने ‘हान’को निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत तलब दिने

news-details

ठूला होटलहरुको छाता संगठन होटल संघ नेपाल (हान)ले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिनासम्म् होटल बन्द गर्ने र यस अवधिमा कर्मचारीलाई १२।५ प्रतिशत तलब दिने निर्णय गरको छ ।

आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हानले जानकारी दिएको छ ।

गत साता बसेको मन्त्रिपरिषद बैठकले नीजि क्षेत्रमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।

यसअघि नेपाल उद्योग बाणिज्य महासंघले पनि नीजी क्षेत्रमा कार्यरत मजदुरहरुलाई अधिकतम ५० प्रतिशतसम्म् तलब दिन सकिने बताएकोमा यस लगत्तै होटल व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ । कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि भएको संघका एक सदस्यले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *