वेस्टर्न युनियनको सुविधा अब घर-घरमा
अन्नपूर्ण ट्राभल र हुलास रेमिटान्सले होम डेलिभरी सेवा दिने
- बैशाख ११, २०७७
- 0
वेस्टर्न युनियन मनि ट्रान्सफरको भुक्तानी सेवा यसका नेपालको आधिकारिक एजेन्ट अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले घर–घरमै पुगेर दिने घोषणा गरेका छन ।
कोरोना संक्रमणका कारण देशमा लकडाउन चलिरहदा एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम घरमै बसेर प्राप्त गर्न सकिने भएको छ ।
सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने योजना ल्याएका हुन । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुने बताइएको छ ।
‘हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभएर अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो’ वेस्टर्न युनियनका ग्लोबल नेटर्वक प्रेसिडेन्ट जीन क्लाउड फराहले भने ।
‘ग्राहकहरुको घर घरमा पैंसा डेलिभरी गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरुसहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ’ फराहले थपे ।
‘हामी जिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौं । यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूल गर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौं’ अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भने ।
‘हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ’ हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने ।
सेवा कसरी लिन सकिन्छ ?
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३
उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।
एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् ।
रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चातए जेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।