कोरोना रोकथाममा सिभिल बैंकको सक्रियता
संचालक र कर्मचारी मिलेर सरकारलाई सहायता
- बैशाख ५, २०७७
- 0
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिरहेका छन् । कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहिले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन् ।
आफुले गरेको सहयोगलाई केहिले मिडिया तथा सामाजिक संजालमार्फत प्रचार प्रसार गरेका छन् भने केहिले हल्लाखल्ला नगरी आफ्नो कर्तब्य निर्वाह गरेका छन् । यहि क्रमलाई निरन्तरता दिंदै नयाँ पुस्ताको बैंक सिभिल बैंकले पनि कुनै प्रचार प्रसार बीना नै बिभिन्न सहयोग गरिरहेको छ ।
बैंकले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैँया प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट ८ लाख ५० हजार रुपैया समेत गरी सो सहयोग रकम प्रदान गरेको हो ।
सो रकम मध्येबाट ४३ लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषको खातामा दाखिला गरिएको छ भने देशको सातै प्रदेश सरकारलाई प्रति प्रदेश ५ लाख रुपैँयाका दरले गरी जम्मा ३५ लाख रुपैँया प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ ।