राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुन : श्रेष्ठ नियुक्त

news-details

सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरणकुमार श्रेष्ठ पुन : नियुक्त भएका छन । ४ वर्षे कार्यकाल शुक्रबार पूरा गर्न लागेका श्रेष्ठलाई बिहीबार बसेको बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि  नियुक्त गरेको हो ।

संखुवासभामा स्थायी घर भएका श्रेष्ठ २०४३ सालमा नेपाल बैंकमा सहायक प्रवन्धक पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । उनले नेपाल बैंकमा २८ वर्ष भन्दा बढी समय बिताएउदै सहायक प्रवन्धकबाट, प्रवन्धक हुँदै महाप्रबन्धसम्मको पदमा पुगेर अवकास पाएका थिए ।

नेपाल बैंकबाट बाहिरिएको केही वर्ष पछि श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकमा सरकारले खुलाएको सीईओको खुला प्रतिस्पर्धामा नाम निकालेर २०७३ चैत्र २९ गतेबाट सीईओको रुपमा काम शुरु गरेका थिए ।

सिइओको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै उत्कृष्ट र बढी नाफा कमाउने बैंककारुपमा परिणत गरेका थिए । यही उत्कृष्ट कार्यशैलीकै कारण बैंकले पुन : श्रेष्ठलाई नै दोहोर्याएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *