सुनको भाउ अहिलेसम्मकै महंगो, ८० हजार नाघ्यो
- रोजगारमञ्च
- फाल्गुन १२, २०७६
- 0

सुनको भाउ तोलाको ८० हजार नाघेर अहिलेसम्मकै महंगो भएर रेकर्ड तोडेको छ । सोमबर तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघको भनाई छ ।
यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायीको भनाई छ ।
बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको व्यवसायी बताउँदै आएका छन् ।
0 प्रतिक्रिया
आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्बिरहरू)

काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली […]
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित

नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् । गएराति […]
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्यो

इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना […]
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ । बैठक सोमबार दिनको १ बजे समितिको […]