प्रभु बैंकले सञ्चालनमा ल्यायो ‘वैदेशिक रोजगारी कर्जा’
- माघ १७, २०७६
- 0

प्रभु बैंक लिमिटेडले प्रदेश न २ का ५ जिल्लामा वैदेशिक रोजगारीमा रहेका प्रवासी कामदारहरुलाई लक्षित गरी वैदेशिक रोजगारी कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश न २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन् ।
प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीपकेन्द्र सञ्चालनमा रहेका प्रदेश न २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।