घर तथा गाडी कर्जामा राष्ट्र बैंकको कडाई, बैंकहरुलाई दियो यस्तो निर्देशन
- पुस ९, २०७६
- 0

बैंकहरुले दिदै आएको व्यक्तिगत घर तथा गाडी कर्जामा नेपाल राष्ट्र बैंकले थप कडाई गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै घर तथा गाडी कर्जामा कडाइ गरेको हो ।
राष्ट्र बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जा प्रवाह गर्दा आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि मात्र गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।
त्यस्तै राष्ट्र बैंकले ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य बुझाउनुपर्ने तथा ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यो ब्यवस्था लागु गरेको र यसले वास्तविक आम्दानीभन्दा बढी रकमको कागजपत्र बनाएर ऋण लिने परिपाटी हट्ने राष्ट्र बैंक नियमन विभागले जानकारी दिएको छ ।