‘महासेल महाकुम्भ जुत्ता मेला’ पौष १० गतेसम्म मात्रै, अवसरको फाइदा छिटो लिन आयोजकको अनुरोध

news-details

काठमाडौंको भृकुटीमण्डप गेटसँगै लागिरहेको जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्तामेला’ यही पौष १० गतेसम्म मात्र लाग्ने भएकाले अवसरको फाइदाका लागि ढिलाइ नगर्न आयोजकको अनुरोध छ ।

एक हजारभन्दा बढी नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पलहरु उत्पादन लागतमा नै पाइने भएकाले सुरुको दिनदेखि नै मेलामा उपभोक्ताहरुको भिड निकै बढेको छ । तर, मेला अब केहि दिन मात्र चल्ने भएकाले उपभोक्ताहरुलाई यो अवसर नगुमाउन र आजै मेलाको अवलोकनका लागि आउन आयोजकको अनुरोध छ ।

‘मेलामा उपभोक्ताहरुको सहभागिता दिनानुदिन बढदा हामीलाई थप हौसला मिलेको छ र उहाँहरुलाई पौष १० गतेसम्म मात्र मेला लाग्ने जानकारी गराउँदै यो अवसरको फाइदा लिन ढिला नगर्नुहुन हाम्रो अनुरोध छ’ आयोजकको भनाई छ ।

जुत्ता उत्पादकहरु आफैले मेला आयोजना गरेको हुँदा उपभोक्तालाई फ्याक्ट्री लागतमा नै जुत्ता चप्पलहरु उपलब्ध गराइएको आयोजकले जानकारी दिएका छन् । झन मेलामै थप २ सय नयाँ मोडलका जुत्ताचप्पल लन्च गरिएको छ ।

जुत्ता मेलामा भेटिएका सिन्धुपाल्चोकका कुमार खडकाले बाहिर भन्दा निकै सस्तो र राम्रो जुत्ताहरु मेलामा पाएकाले आफुले २ जोर जुत्ता किनेको बताए । उनले भने –‘मलाई त यति राम्रा–राम्रा जुत्ता त्यही पनि यस्तो सस्तो मुल्यमै पाइन्छ भन्ने कल्पना समेत थिएन ।’

यस्तै मेलामै जुत्ता छानिरहेका भक्तपुरका सुरज डंगोलले हजारौ मोडलमा छानेर जुत्ता किन्न पाउँदाको मजानै बेग्लै हुने बताए । ‘छानी छानी जुत्ता त किन्न पाइने रहेछ नै बाहिर पसलमा जस्तो बार्गेनिङ पनि गर्नु नपर्ने र सस्तो मुल्यमै पाइने भएकाले अरु साथिहरुलाई पनि यो मौकाको फाइदा लिन मेरो सुझाव छ’ डंगोल भन्छन ।

‘बिल्कुलै नयाँ डिजाइनका जुत्ताचप्पल मेलामा फ्याक्ट्री लागतमा नै उपलब्ध गराइरहेका छौं’ मेला आयोजक प्रमोद महतोले भने –‘हामीले मेला लागिरहेको बेलामा नै २ सयभन्दा बढि डिजाइनका जुत्ताचप्पल लन्च गरेका छौ ।’ आफ्ना उपभोक्तालाई पुरानो र स्टक सामान नभएर फ्रेस र नयाँ–नयाँ डिजाइनका जुत्ता विक्रिवितरण गरिरहेको महतोको भनाई छ ।

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल छानी छानी मेलामा किन्न पाइन्छ ।

विवाहका सिजनका लागि पनि लक्षित गरेर मेलामा पार्टी सुजहरु र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको आयोजक महतोको भनाई छ । मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा खरिद गर्ने उपभोक्ताको भीड लाग्न थालेको हो ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामी स्टक क्लेयरेन्स गर्न नभएर मेलामा नै नयाँ नयाँ डिजाइनका जुत्ता पनि लन्च गरिरहेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।

उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनु साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेकाले नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने आयोजकको लक्ष्य हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *