सामाजिक सुरक्षा कोषमा जान बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, विभेद नहटेसम्म जान नसकिने बैंकर्स संघको अडान

news-details

बैंक तथा वित्तिय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गरी बैंक तथा वित्तिय संस्थालाई कोषमा सूचिकरण हुन भनेको हो ।

तर, बैंक तथा वित्तिय संस्थाहरुले भने विगतदेखि नै विभेदकारी व्यवस्था भएको भन्दै सामाजिक सुरक्षा कोषमा जान आनाकानी गरिरहेका छन । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सामाजिक सुरक्षा ऐनले सरकारी र नीजि क्षेत्रलाई विभेद गरेको भन्दै त्यसको संशोधन नभएसम्म कोषमा सहभागी हुन नसकिने बताए ।

कोषले सरकारी क्षेत्रका श्रमिकलाई ३६ प्रतिशत कर तिरे मात्र हुने व्यवस्था गर्दा नीजि क्षेत्रलाई भने दोहोरो करको भार थोपर्दै ५१ प्रतिशत पु¥याएको र निवृतिवरणमा पनि सरकारी र नीजि क्षेत्रलाई छुट्टाछुट्टै व्यवस्था गरिएको भन्दैे अध्यक्ष दाहालले यस्तो विभेदपूर्ण अवस्थामा आफुहरु सहभागी हुन नसक्ने जानकारी दिए ।

‘अहिले नीजि क्षेत्रका प्रतिष्ठानहरुले कोषको भन्दा राम्रो सुविधा दिइरहेका छन, यस अवस्थामा बलजफ्ती सहभागी बनाउन भन्दा अझ राम्रो सुविधा दिएर आकर्षित गर्न हाम्रो अनुरोध छ’ अध्यक्ष दाहाल भन्छन –‘सबैभन्दा पहिला सरकारी र नीजि क्षेत्रबीचको विभेदकारी नीति संशोधन होस, त्यसपछि कसरी यस कार्यक्रममा हाम्रो सहभागिता रहन सक्छ छलफलका गरौला ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *