हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न सकिने

news-details

नेपालका लागि सामसङका उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग साझेदारी गरेको छ।

समझदारीपत्रमा हिम इलेक्ट्रोनिक्सका प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे । सम्झौंता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेसको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।

हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको जनाएको छ ।‘यो समझदारीबाट विभिन्न फाइदा हुनेछ। विदेशबाट टिभी ल्याउँदा टुटफूट हुने र वारेन्टी समेत पाइदैन’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार मध्यपूर्व देशहरुमा बस्ने नेपालीले सिटी एक्सप्रेसको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउन सक्नेछन्। कम्पनीले यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलोक्ट्रोनिक्सबाट टिभी किन्न सक्ने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *