कोरियाको बहुराष्ट्रिय कम्पनी ‘लोट्टे ग्रुप’ नेपाल भित्रियो, नेपाली साझेदार हिमालय एनकेले गर्‍यो सम्झौता

news-details

दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा औपचारिकरुपमा भित्रिएको छ । उक्त रेष्टुरेण्ट नेपालमा संचालन गर्नका लागि लोट्टे जिआरएस र नेपाली साझेदार हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता भएको छ ।

मंगलबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव र पूर्व गृहमन्त्री जनार्दन शर्माको उपस्थितीमा ला्ट्टे जिआरका तर्फबाट ग्लोबल सिइओ नाम इक उ र हिमालयन एनकेका अध्यक्ष विनोद कुबरले व्यवसायीक सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त अवसरमा लोट्टे ग्रुपका ग्लोबल विजनेश टिम प्रमुख किम कि छल र हिमालयन एनकेका वैदेशिक लगानी साझेदार लि चङ सङको पनि उपस्थिती रहेको थियो ।

सम्झौता समारोहलाई सम्वोधन गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले नेपालमा लगानीको लागि प्रशस्त वातावरण बनिसकेको र कोरियाली बहुराष्ट्रिय कम्पनीको नेपाल प्रवेशले नेपालको अर्थतन्त्रलाई राम्रो टेवा पुर्‍याउनेमा आफु आशावादी बनेको बताए । उनले यो सम्झौताले नेपालको पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने समेत बताए ।

लोट्टे ग्रुपका ग्लोबल सिइओ नाम इक उले नेपालमा आफ्नो फ्रेन्चाइज भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली उपभोक्तालाई गुणस्तरीय र उच्चतम सन्तुष्टि दिन आफुहरुका तर्फबाट कुनै पनि कसर बाकि नराख्ने बताए ।

लगानी र पर्यटन प्रवद्र्धनका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय नेपाली बजारमा विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरु आकर्षित हुदै गइरहेका छन । यसै समयमा लोट्टेरियाको नेपाल आगमनसँगै भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई आकर्षण गर्ने हिमालयन एनकेका अध्यक्ष विनोद कुबरले बताए ।

नेपालमा पहिलो पटक ठुलो कोरियाली फ्रेन्चाइज संचालन गर्न लागिएकाले कोरियाबाट पनि धेरै चासोमा रुपमा हेरिएको छ । कोरियाको लोट्टेले नेपालमा सफलता प्राप्त गर्यो भने, भविष्यमा कोरियाबाट विभिन्न क्षेत्रमा लगानीको लागि समन्वय गर्ने अवसर तय हुने कुँवरको विश्वास छ ।

४० वर्षदेखि संचालित लोट्टेरिया अहिले कोरियाको रेष्टुरेन्ट फ्रेन्चाइज विजनेसमा पहिलो नम्बरमा रहेको छ भने यसले भियतनाम, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, काजकिस्तान, लाओस र मंगोलिया गरी ७ देशहरुमा १६ सयभन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट र पसलहरु संचालन गरिरहेको छ । रेष्टुरेण्ट फ्रेन्चाइज बिजनेशमा ग्लोबल लिडरको दिशामा अघि बढिरहेको लोट्टेरिया चिकेन र वर्गरको लागि विश्वप्रख्यात छ ।

अहिले भएको सम्झौतासँगै लोट्टेरियाको नेपाल फ्रेन्चाइज विजनेसको नेतृत्व हिमालयन एनकेको रहनेछ । कोरिया र नेपालको सम्बन्ध विस्तार भइरहेको अवस्थामा कोरियाको ठूलो समूह नेपाल प्रवेश हुनुलाई सकारात्मकरुपमा लिन सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *