नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’
- असार ४, २०७६
- 0
नेपालको सबै भन्दा ठूलो रियालिटी शो ‘नेपाल लोक स्टार’को मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ ।
मेगा अडिसन सम्पन्न भइसकेको नेपाल लोक स्टारको यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रशारण हुँदैछ । कार्यक्रमको ३६ श्रृखला निर्माण हुने पनि आयोजकले बताएको छ ।
कार्यक्रम निर्माणको प्रमुख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि भएको हो । सम्झौता अनुसार अब कार्यक्रमको नाम ‘आईएमई नेपाल लोक स्टार’ रहनेछ । साथै भोटिङ राउन्डमा ‘आईएमई पे’को एपमार्फत भोटिङ गर्न सकिने पनि आईएमईले जनाएको छ ।
लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए ।
त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लाएको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए । नेपाली लोक संगीत प्रवर्धन र जर्गेनाका निम्ति आफ्नो सानो प्रयास समेत भएको बताए ।