१५ खर्ब ३२ अर्ब, ९६ करोड, ७१ लाखको बजेट सार्वजनिक

श्रम तथा रोजगारमा १० अर्ब १० करोड रुपैयाँ बजेट
news-details

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट बुधवार सार्वजनिक गरेको छ । सरकारले संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब, ९६ करोड, ७१ लाखको बजेट सार्वजनिक गरेको हो ।

नागरिकको मौलिक हक र आवश्यक्तालाई पुर्ति गर्दै जीवन स्तरमा सुधार तथा आर्थिक सामाजिक न्याय सहितको दु्रत आर्थिक विकास सरकारको प्रमुख लक्ष्य रहेको अर्थमन्त्री खतिवडाले बताए । यस्तै भौतिक पूर्वाधार विकास माफर्त २०३० सम्म मध्यम आय भएको मुलुक बनाउने लक्ष्य पनि बजेटले समावेश गरेको छ ।
आगामी आर्थिक वर्षमा ९ खर्ब हाराहारीमा राजश्व संकलनको लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले बताए । बजेट कार्यन्वयनका लागि अपुग रकम बैदेशिक सहायता र ऋणबाट पूर्ति गरिने मन्त्री खतिवडाको भनाई छ ।

बजेट कार्यन्वयनका लागि सरकारले वित्तिय संघीयता छोटो अवधिमै संस्थागत हुन सकेको दावी गरेको छ । संघ, प्रदेश र स्थानीय तहको समम्वयमा मुलुक सामाजिक न्याय सहितको तीव्र विकास र समृद्धिको पथमा लागेको मन्त्री खतिवडाले बताए । यस्तै आगामी आर्थिक वर्षको बजेटबाट दिगो विकासको आधारशिला खडा हुने, नागरिकको जिवनस्तरमा सुधारसंगै, गरिवी र पछ्यौटेपनको अन्त्य हुने सरकारले दावी गरेको छ ।

श्रम तथा रोजगारमा १० अर्ब १० करोड रुपैयाँ बजेट

सरकारले आगामी आर्थिक वर्षमा श्रम तथा रोजगारलाई प्रमुख प्राथमिकतामा राखेर १० अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बेरोजगार युवालाई सार्वजनिक विकासका आयोजनामा लागउने तथा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्न सरकारले युवा लक्षित कार्यक्रम ल्याएको हो । स्थानीय तहको सहकार्यमा आफ्नो गाउँ आफैँ बनाउ जस्ता कार्यक्रमलाई बजेटले सम्वोधन गरेको छ ।

युवा रोजगार सेवा केन्द्रबाट युवा रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ अर्व १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । रेमिट्यान्सलाई बैंकिङ कार्यक्रममार्फत ल्याउन विशेष नीति तथा विदेश बाट फर्किएका युवालाई सीपको आधारमा ऋण तथा सामुहिक परियोजनामा आधारित कार्यक्रमले यो वर्षपनि प्राथमिकता पाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *