सारा ग्रुपले भित्र्यायो मलेसियाको नम्बर वन वेभरेज ‘१०० प्लस’

news-details

सारा ग्रुपले मलेसियाको नम्बर वन आइसोटनिक ड्रिङ्क ‘१०० प्लस’ नेपाली बजारमा भित्र्याएको छ । मलेसिया र सिङ्गापुरमा लोकप्रिय रहेको यो पेय पदार्थ आइतबार नेपालमा सार्वजनिक गरिएको हो ।

मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादन ‘१०० प्लस’ले मलेसिया, थाइल्यान्ड र सिङ्गापुरका साथै यसका आसपासका अन्य मुलुकहरुमा पनि आक्रामक बजार विस्तार गरिसकेको छ ।

सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका प्रबन्धक च्याङ्ग जेसी, ब्रान्ड म्यानेजर वाइ यिन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ तथा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले संयुक्तरुपमा नेपालमा १०० प्लस सार्वजनिक गरे ।

सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरियो । सारा ग्रुपका अध्यक्ष केसी र खेलाडी चेम्जोङबीच ब्रान्ड एम्बेसडर नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

१०० प्लस मलेसिया, थाइल्यान्ड, सिङ्गापुरलगायतका मुलुकमा लोकप्रिय रहेको र यो नेपाली बजारमा पनि चाँडै स्थापित हुनेमा आफू विस्वस्त रहेको सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले बताए । ‘नेपाली बजारमा धेरैथरी वेभरेज भए पनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्छ,’ उनले भने, ‘हामीले १०० प्लसपछि यसका थप उत्पादन पनि नेपाली बजारमा भित्र्याउने तयारी गरेका छौं ।’

१०० प्लस मलेसियाका प्रबन्धक च्याङ्ग जेसीले नेपाली उपभोक्ताले गुणस्तरमा विश्वास गर्ने हुनाले हामीले १०० प्लसलाई नेपाली बजारमा चाँडै स्थापित गर्न सक्छौं भन्ने विश्वास लिएको बताए । ‘यो आइसाटनिक ड्रिङ्क हो, यसको स्वाद र गुणस्तरले यो विश्वभर फैलिने क्रममा छ,’ उनले भने ।

नेपाली फुटबलका राष्ट्रिय खेलाडी किरण चेम्जोङ्गले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न वेभरेजको आवश्यकता पर्छ, आइसोटनिक १०० प्लस अरु वेभरेजभन्दा उत्कृष्ट रहेकाले आफू यसको ब्रान्ड एम्बेसडर रहेको बताए ।

१०० प्लस मलेसियामा सन् १९८३ मा सार्वजनिक गरिएको थियो । १०० प्लसले खेलजीवन, एक्टिभ लाइफ र थकानका बेला शरीरलाई स्फूर्त राख्न सहयोग पुर्याउँछ । यसको विशेष फर्मुलाले शरीरमा इनर्जी लस हुँदा रिस्टोर गर्न मद्दत पुर्याउँछ ।

१०० प्लस मलेसियाको एफ एन्ड एन समूहभित्रको प्रमुख ब्रान्ड हो । यसलाई एफ एन्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारीकरण गर्दछ जुन मलेशियाको सबैभन्दा ठूलो सफ्ट ड्रिङ्क उत्पादक र वितरक हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *