अल अहलिया एक्सचेन्ज युएईले ल्यायो समर प्रोमोसन योजना, १ केजी सुन र १० वटा कार उपहारमा

news-details

अल अहलिया एक्सचेन्ज युएईले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समर प्रोमोसन योजना सार्वजनिक गरेको । यो योजना अन्तर्गत ग्राहकले १ केजी सुन र १० वटा कार उपहार जित्न सक्नेछन् ।

योजना मे ५ देखि जुलाई ३ तारिखसम्म चल्ने छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहक योजनामा सहभागी हुने कम्पनीले जनाएको छ ।

योजनामा सहभागीहरुबाट गोलाप्रथा गरी विजेता छनोट हुनेछन् । पहिलो गोलाप्रथा जुलाई ४ ताखिर आबुधाबीको इलेक्ट्र शाखामा गरिनेछ । जसमा तीनजना विजेताले ३ वटा कार जित्नेछन् ।

यस्तै ३ वटा कारको विजेता सारजाहको अल सज्जा इण्डस्ट्रियलमा जुलाई ७ मा सार्वजनिक हुनेछ ।

मेघा पुरस्कारमा १ किलो सुन र ४ वटा कारको घोषणा जुलाई ८ तारिख दुबईको अलकुज शाखामा हुनेछ ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले बताए ।

अल अहलिया एक्सचेन्जले हरेक वर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गदै आएको छ । अघिल्लो वर्षको समर सरप्राइज योजनामा इलाम सन्दकपुरका नरेन्द्र मगरले १ केजी सुन उपहार पारेका थिए । यस्तै २०१३ मा दैलेखका रामबहादुर कट्वालले १ लाख दिराम जितेका थिए ।

यसअघि धेरै जना नेपालीले उपहार जितेको हुदाँ यस योजनामा सहभागी हुन यहाँ कार्यरत नेपालीलाई एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *