हङकङमा अर्थमन्त्री खतिवडाले गरे केएमई फाइनान्सको उद्धघाटन
- रोजगारमञ्च
- बैशाख १८, २०७६
- 0
हङकङका नेपाली व्यवसायीहरुले संचालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् ।
हङकङ भ्रमणमा रहेका मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गरेका हुन् ।
एक करोड हङकङ डलर जारी पूँजी रहेको केएमईको अध्यक्ष टीका गुरुङ रहेकी छन् । उनी एनआरएन हङकङकी अध्यक्ष पनि हुन् । सञ्चालक समितिमा गुरुङ लगायत कृष्ण पाण्डे, कविता गुरुङ, जोना श्रेष्ठ, गोकर्ण ढकाल सहित ५ जना छन् ।
पचास जना शेयरधनी रहने यो फाइनान्सको अन्तिम किस्ता अर्को एक महिनाभित्र उठिसक्ने जनाइएको छ । फाइनान्सले व्यक्तिगत कर्जा, आवास कर्जा तथा व्यापारिक कर्जा उपलब्ध गराउने जनाइएको छ । हङकङका नेपाली तथा चिनियाँ समुदायलाई लक्षित गरि खोलिएको यो फाइनान्सबाट रेमिट्यान्स कारोवार पनि गरिने जनाइएको छ ।