राष्ट्रिय बाणिज्य बैकले खोलिदियो जेष्ठ नागरिकको बचत खाता

news-details

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले सरकारको सबै नागरिकको बैंक खाता अभियान अन्तर्गत जेष्ठ नागरिकहरुको बचत खाता खोलिदिने योजना सुरु गरेको छ ।

समृद्धिसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैकले अग्रज समाज नेपालसँगको सहकार्यमा काठमाडौं मिनभवनस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि ‘रावा बैंक समृद्धि बचत खाता’ खोल्ने कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट रु.१ सय खातामै जम्मा गरिएको थियो ।

सो कार्यक्रममा अग्रज समाज नेपालका केन्द्रीय अध्यक्ष महाप्रसाद पराजुली, बैंकका ब्रान्च अपरेशन विभागका निमित्त विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, शाखा कार्यालय नयां बानेश्वरका प्रवन्धक राजेन्द्र आचार्य, उप प्रवन्धक जितेन्द्रसिंह थापा समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *