लगानी सम्मेलनका ७७ वटा परियोजनामा १७ आवेदन, १५ वटामा सम्झौता

news-details

सरकारले लगानी सम्मेलनमा राखेको विभिन्न ७७ परियोजना मध्ये विदेशी लगानीकर्ताले १७ वटा परियोजनामा लगानी गर्न इच्छा देखाएका छन् । बोर्डले १७ वटा आवेदन परेको जनाएको छ । उनीहरुले लिखित रूपमै लगानी गर्ने इच्छा देखाएका छन् । सम्मेलनका क्रममा नै १५ वटा परियोजनामा भने विभिन्न कम्पनीसँग सम्झौता भएको छ ।

लगानी वोर्डका अनुसार सरकारले तोकेको राजश्व तिररै १७ वटा परियोजनामा आशय आएको जनाएको छ । सरकारले तोकेका परियोजनामा २० अप्रिल सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसैले अझै लगानी प्रतिवद्धता आउने विश्वास वोर्डको छ । वोर्डले सम्मेलनमै १७ वटा परियोजनामा लगानी प्रतिवद्धता आउनु महत्वपूर्ण भएको बताएको छ ।

आवेदन परेका क्षेत्र

पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा,
ऊर्जामा ४ वटा,
कृषिमा ३ वटा,
शिक्षा र स्वास्थ्यमा २ वटा,
लजिस्टिकमा १ वटा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *