सिभिल बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच वित्तिय साक्षरता सम्बन्धी सम्झौता
- चैत्र १५, २०७५
- 0
सिभिल बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्कोबारेमा जानकारी गराईएको छ । ग्राहक माँझ वित्तिय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागिको प्रेरित गर्ने विश्वास लिइएको छ ।
बैंकले सो एप् मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।
यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरी अघि बढ्नाले ग्रामीण भेगका ग्राहकहरुमा बचत गर्ने बानीको विकास तथा सफलतापूर्वक व्यवसाय संचालन गर्नेबारे ज्ञान प्राप्त गर्न सहजता मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माँझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।