माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटल लिमिटेड बीच सम्झौता
- चैत्र १५, २०७५
- 0
माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर–२०८५’ नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेल हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ । ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।
वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे छ । प्रति ऋणपत्र अंकित मूल्य रु १ हजारका दरका ३० लाख कित्ताको ३ अर्व रुपैयाँ निष्काशित ऋणपत्रमा १८ कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने सकने जनाइएको छ ।
ऋणपत्रको अवधि १० बर्ष रहनुका साथै नेपाल स्टक ऐक्स्चेन्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने भएको छ । बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने अर्ध बार्षिकरुपमा व्याजको भुक्तानि गरीने बताइएको छ ।