सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल नियुक्त
- चैत्र १२, २०७५
- 0

सिटिजन्स बैंक इन्टरनेशनलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सिइओ पोखरेलले सोही बैंकका उच्च तहका पदाधिकारी थिए । उनी सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आबद्ध थिए ।
बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार पोखरेलले २०६५ सालदेखि नै सो बैंकको दोस्रो वरियतामा रहेर कार्य सम्पादन गर्दै आएका थिए । निवर्तमान सिइओ राजनसिंह भण्डारीको कार्यकाल सकिएपछि पोखरेलले नै कायममुकायम सिइओका रुपमा बैंकको नेतृत्व गर्दै आएको बताइन्छ ।
व्यवस्थापन क्षेत्रमा २५ वर्षलामो अनुभव सँगालेका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । साथै उनले काठमाडौँ विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् ।