मोरङको मधुमल्लामा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा संचालनमा
- फाल्गुन १२, २०७५
- 0

राष्ट्रिय वाणिज्य बैक लिमिटेडको नयाँ शाखाको मोरङ जिल्लाको मिल्काजुङ गांउपालिका–९, मधुमल्लामा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ ।
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा मधुमल्ला शाखाको समुद्घाटन गर्नुभएको हो ।
समुदघाटन समारोहमा प्रमुख अतिथि डा. रामशरण खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पु¥याउनुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताउनुभयो ।
बैकको प्रदेश नम्बर १ का निमित्त प्रमुख ऋषब भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मिल्काजुङ गांउपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला, स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्न वर्ग कर्जा समेत प्रदान गरिएको थियो ।
हाल बैंकको ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
0 प्रतिक्रिया
यूरो स्कुल सृजनानगर : एकैपटक ३९ जना विद्यार्थी भए दिक्षित (फोटोफिचर)

यूरो स्कुल सृजनानगर भक्तपुरले विद्यालयको वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । गत चैत्र २३ र २४ […]
स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, […]
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने बताएका छन् । नेकपा (एमाले) […]
राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै पात्रो विमोचन

साना तथा मझौला व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले नयाँ वर्ष २०८२ सालको नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै टेबल पात्रो […]
अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउन सक्ने वातावरण निर्माण गर्न […]