आन्तरिक बिप्रेशण गर्दा रेमिट्यान्स कम्पनीबाट पठाउन पाइने रकमको सीमा घटाइयो

एक पटकमा ६० हजारभन्दा बढी नगद पठाउन नपाइने
news-details

नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेशण गर्दा रेमिट्यान्स कम्पनीबाट पठाउन पाइने रकमको सीमामा कडाई गर्दै घटाएको छ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारसम्म मात्र नगद पठाउन र झिक्न पाइने भएको छ । यसअघि यो सीमा १ लाखसम्म थियो ।

६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेको खण्डमा भने बैंक खातामार्फत पठाउनुपर्नेछ । अथवा अर्को दिन पुनः ६० हजार रुपैयाँसम्मकै रकम रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिनेछ ।

नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले आन्तरिक रेमिट्यान्समा यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो व्यवस्थाले नगदको दुरुपयोग घटाउने भएकाले रेमिट्यान्स कम्पनीहरुले यस कार्यमा सहयोग गर्ने नेपाल रेमिर्टश एसोसिएसनका अध्यक्ष तथा आइएमई रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

उता विदेशबाट रेमिट्यान्स रकम पठाउनेहरुको हकमा भने कुनै सीमा तोकिएको छैन । तर रकम भुक्तानी लिदा भने रेमिट्यान्स कम्पनीबाट दैनिक १ लाखभन्दा बढी नगद पाइने छैन । एक लाखभन्दा बढी रकम भुक्तानी लिनुपरेमा रेमिट्यान्स कम्पनीहरुले बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *