मेगा बैंकको एकैदिन १८ नयाँ शाखा विस्तार

news-details

मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् ।

४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन भएका थिए । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् ।

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् ।

मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको जनाएको छ । ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ ।

वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ ।’

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *