होटल व्यवसायी संघको अध्यक्षमा सुवेदी र महासचिवमा ढकालको दावेदारी

११ औ अधिवेशन शनिबार हुदै
news-details

काठमाडौ उपत्यकाको विशेषगरी नयाँबसपार्क क्षेत्र वरपर छरिएर रहेका मझौला होटल तथा गेष्टहाउसहरुको छाता संगठन नेपाली होटल व्यवसायी संघमा अहिले नयाँ नेतृत्वको सरगर्मी बढेको छ ।

यही माघ १९ गते शनिबार हुने संघको ११ औ महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने हुदा नेतृत्वका लागि अहिले व्यवसायीहरुबीच छलफल र बहस चलिरहेको छ । अधिवेशनमा करिब ३ सय प्रतिनिधीहरु सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा दिपेन सुवेदी र महासचिवमा गणेश ढकालले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सुवेदी वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ भने ढकाल महासचिवकै जिम्मेवारीमा ।

सुवेदी कार्यसमितिमा विभिन्न पदमा रहेर निरन्तर काम गरिरहनुभएका अनुभवी व्यक्तित्व हुनुहुन्छ । यद्यपी अन्तिम समयसम्म सहमतिमा नेतृत्व चयन गर्न आफुहरु छलफलमा रहेको बताउनुहुदै अध्यक्षका प्रत्याशी दिपेन सुवेदीले संस्था र व्यवसायीहरुको हितका खातिर अनवरत लागिरहनेहरुलाई नै व्यवसायीहरुले नयाँ नेतृत्वमा ल्याउनेमा कुनै शंका नरहेको जानकारी दिनुभयो ।

‘झण्डै १ दशकदेखि सदस्य, सहसचिव, उपाध्यक्ष हुदै अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निभाइरहदा अध्यक्षमा मेरो दावेदारी स्वभाविक हो’ सुवेदीले भन्नुभयो–‘हामी सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने पक्षमा छौ, निर्वाचनमा जाने अवस्था आए हामी स्पष्ट एजेण्डाका साथ प्रतिष्पर्धामा जाने छौ, निरन्तर र लामोसमयदेखि यस क्षेत्रमा लाग्ने सक्षम र अनुभवी नेतृत्व नै व्यवसायीहरुले ल्याउने छन ।’

पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा आएको मन्दीको असर यस व्यवसायमा पनि प्रत्यक्ष परेको भन्दै अध्यक्षका प्रत्यासी रहनुभएका सुवेदीले यस व्यवसायको क्षेत्रमा देखिएको समस्याबाट व्यवसायीहरुलाई बचाउदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने एजेण्डाका साथ आफु अघि सरेको बताउनुभयो ।

यस्तै महासचिवमा पुन ः उम्मेदवारी दिनुभएका वर्तमान महासचिव गणेश ढकालले आफुहरुले यस बिचमा साना तथा मझौला होटल तथा गेष्टहाउसहरुलाई व्यवस्थित बनाउदै सेवामूखि व्यवसायको रुपमा अघि बढाउन धेरै काम गरेको जानकारी दिनुभयो ।

‘संघको वर्तमान कार्यसमितिले साना तथा मझौला होटल एवं गेष्टहाउसहरुलाई व्यवस्थित, मर्यादित, पारिवारिक एवं सेवामूखि बनाउन धेरै काम गरेको छ, यसबीचमा अधुरा रहेका केहि काम पुरा गर्न पनि मैले महासचिव पदमा पुन उम्मेदवारी दिएको छु’ महासचिवका प्रत्याशी ढकालले भन्नुभयो –‘हामीले विगतदेखि नै यस व्यवसायको क्षेत्रमा गरेका कामहरु आम व्यवसायी साथीहरुले मुल्यांकन गरिनै रहनु भएको छ । त्यसैले यस अधिवेशनले योग्य, अनुभवी र सक्षम नेतृत्व चयन गर्नेमा म आशावादी छु ।’

काठमाडौ उपत्यकाका विभिन्न क्षेत्रमा छरिएर रहेका साना तथा मझौला होटल व्यवसायीहरुको हकहित, व्यवसायीक सुरक्षा एवं यसलाई सेवामूखि व्यवसायका रुपमा विकसित गर्ने उद्धेश्यले विंसं. २०५७ सालमा स्थापित नेपाली होटल व्यवसायी संघले धेरै सामाजिक कार्य पनि गर्दै आएको छ । संघको ११ औ अधिवेशनबाट सुवेदी र ढकालजस्ता अनुभवि व्यक्तित्वहरु नेतृत्वमा आउन सके संघको गरिमा र छवि अझ उचो हुने आम व्यवसायीको बुझाई छ ।

हेर्नुहोस भिडियो रिपोर्ट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *