सहुलियत ऋण दिन सम्पूर्ण बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

news-details

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ ।

कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । यस आर्थिक वर्षको बजेटमा उल्लेख भए बमोजिम सरकारले स्वदेशमै विभिन्न उत्पादनमूलक काम गर्ने युवाहरुलाई लक्षित गर्दै ५ र ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरेको छ ।

शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास परियोजना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, कृषि तथा पशुपन्छी कर्जा, भुकम्पपीडित आवास निर्माण योजना जारी भएका छन् ।

यीमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत तथा अन्यमा ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्न सकिन्छ । जुनसुकै व्यवसाय गर्न चाहनेले आफ्नो नजिक रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत सहुलियत व्याजदरको ऋण प्राप्त गर्न सक्नेछन् ।

यसका लागि बैंकले नै फारम दिनेछ । सो फारमसँगै आफूले गर्ने कामको विस्तृत परियोजनाको विवरण भरेर आवेदन दिन सकिनेछ । यसका लागि आफ्नो कम्पनी भने दर्ता हुनु जरुरी छ ।

-सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *