रेष्टुरेन्टले १० प्रतिशत सेवा शुल्क नलिने निर्णय

news-details

रेष्टुरेन्ट व्यवसायीले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क नलिने भएका छन् । नेपाल रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) को भेलाले भेलाले यस्तो निर्णय गरेको हो ।

ग्राहकको विरोध र असन्तुष्टिका कारण सेवा शुल्क नलिन निर्णय गरिएको रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले जानकारी दिए । उनले काठमाडौं, चितवन र सौराहाका रेष्टुरेन्ट व्यवसायीले सेवा शुल्क नलिने बताएका छन् । अब ग्राहकले १० प्रतिशत अतिरित्त शुल्क तिर्न नपर्ने भएको हो ।

सरकारले लिने मूल्य अभिवृद्धि कर (भ्याट) लिने तर सेवा शुल्क बापत १० प्रतिशत शुल्क नलिने रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले निर्णय गरेको हो । ‘होटल तथा रेष्टुरेन्टको खाना महँगो हुनुमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क मुख्य कारण हुन्,’ रेबानका महासचिव अरनिको राजभण्डारीले भने, ‘मेनुमा १० प्रतिशत मूल्य जोड्दा उपभोक्तालाई ठूलो आर्थिक भार पर्न जाने भएकाले यस्तो गरिएको हो ।’

रेष्टुरेन्टले राख्ने मेनुको मापदण्ड पनि तय हुनु पर्ने आवाज उपभोक्ताले राख्दै आएका छन् । बजारमा सेवासुविधा भन्दा पनि मेनु फरक फरक हुने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *