ग्लोबल आइएमई बैंकको ‘प्रोफेसनल लोन’ योजना

news-details

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पेसामा आबद्ध व्यक्ति तथा कर्मचारीलाई लक्षित गरी ‘ग्लोबल आइएमई प्रोफेसनल कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेसामा आबद्ध व्यक्ति अन्य कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी सञ्चालनमा ल्याएको ‘प्रोफेसनल लोन’अन्तर्गत विनाधितो १५ लाख रुपैयाँसम्म ऋण दिइने बैंकले जनाएको छ । ‘प्रोफेसनल लोन’ सुविधा ग्लोबल आइएमई बैंकका सबै शाखामार्फत उपलब्ध हुने बैंकको भनाइ छ ।

सुलभ ब्याजदरमा उपलब्ध हुने यस्तो कर्जाबाट विभिन्न पेसामा र व्यवसायमा आबद्ध व्यक्तिसम्म सहज रूपमा बैंकिङ ऋणको पहुँच पुग्ने विश्वास बैंकको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मका लागि प्रदान गरिने ‘प्रोफेसनल लोन’ सुविधाले आफ्नो पेसा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारीलाई सहयोग पुग्ने बैंकको दाबी छ ।

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई दृष्टिगत गरी यस्ता नयाँ नयाँ सेवा सञ्चालन गरिरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु(याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले हाल १३३ शाखा, १५ राजस्व संकलन काउन्टर, १४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर तथा ११७ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

बैंकले ग्राहकको सुविधाका लागि अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवासमेत सञ्चालन गरेको छ । अस्टेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स सुविधासमेत उपलब्ध गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *